Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

बैशाख १३ देखि प्रदर्शनमा आउने “कालो बर्ष” को टिजर सार्वजनिक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, चैत्र, २६
बैशाख १३ देखि प्रदर्शनमा आउने “कालो बर्ष” को टिजर सार्वजनिक

 काठमाडौँ ,

बैशाख १३ देखि प्रदर्शनमा आउने चलचित्र “कालो बर्ष” को टिजर आज एक कार्यक्रमका बीच सार्बजनिक भएको छ |

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले एउटा परिवारलाई पुर्‍याएको क्षतिमा आधारित भएर निर्माण भएको फिल्म ‘कालो वर्ष’ भुकम्प जाँदाको घटनाक्रमलाई समेटिएको बताइएको छ ।

निर्देशनक लक्षु गौतमको निर्देशन रहेको फिल्ममा फिल्ममा ओकेश पनेरु , अनुपा खड्का,
पवन भट्टराई प्रमुख भूमिकामा छन् । फिल्मलाई रामेश्वर हुमागाइँले खिचेका हुन् ।

सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुलेजलगायतका कलाकारहरुको पनि अभिनय रहेको यस फिल्म योगेन्द्र प्रसाद पनेरु, राम खड्का र श्याम खड्काको संयूक्त लगानीमा निर्माण भएको हो ।

फिल्मलाई रिच इन्टरटेनमेन्टको तर्फबाट करण श्रेष्ठले वितरण गर्दैछन् । सुवास देवकोटाले फिल्मको सम्पादन गरेका हुन् । यसको कथा, पटकथा तथा संवाद ओकेश पनेरी रहेको बताइएको छ |

naima expoTop Changing Nepal

युट्युब सट्स