Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

युएई जाने कामदारको सबै खर्च रोजगारदाताले व्यहोर्ने सहमति

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, बैशाख, १२
युएई जाने कामदारको सबै खर्च रोजगारदाताले व्यहोर्ने सहमति

वैशाख १२, काठमाडौँ ।  नेपाल र युएई विच कामदारको सबै खर्च रोजगारदाताले व्यहोर्ने गरि नयाँ श्रम सम्झौता गर्न सहमति जुटेको छ । नेपाल र युएईका श्रम अधिकारीहरु संलग्न प्रविधिक टोली बीच काठमाडौंमा विहिबार सम्पन्न बैठकमा यस्तो सहमति जुटेको हो । 

नेपालले युएईसँग सन् २००७ मा भएको श्रम समझदारीलाई प्रतिस्थापन गरी नयाँ श्रम सम्झौता गर्ने पस्ताव राख्दै आएको थियो । सोहि पस्ताव अनुरुप नेपालले राख्दै आएका मागहरु सम्बोधन हुनेगरी नयाँ श्रम सम्झौताको लागि ड्राफ्टमा सहमति जुटेको बैठकमा सहभागी एक उच्च अधिकारीले सझासबाललाई जानकारी दिए । 

प्रविधिक टोली विच सहमतिमा नखुलेका कुरालाई स्पष्ट पार्न श्रम समझदारीमा भएको व्यवस्था अनुरुप दुई देशको संयुक्त समितिलाई अधिकार दिने सहमति भएको छ उनले भने “त्यसपछि श्रम सम्झौताको लागि अन्तिम तयारी हुनेछ ।” 

श्रमिक आपूर्ति प्रक्रियामा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को सिद्धान्त अनुसार श्रमिकको सम्पूर्ण लागत शुल्क रोजगारदाताले व्यहोर्ने, म्यानपावरलाई रोजगारदाताले नै सेवा शुल्क उपलब्ध गराउने, श्रमिकको २४ घण्टा नै बीमा लगायतका विषयमा सहमति जुटेको हो । 

यसअघि युएईसंग भएको श्रम समझदारीलाई परिमाजन गर्ने विषयमा दुई देश विच पटक पटक छलफल हुँदै आएको थियो । 

सरकारले गन्तव्य मुलुकसंग श्रम सम्झौता गरेर मात्र कामदार पठाउने गरि प्राथमिकतामा राख्दै आएको छ । सोहि अनुरुप गत कार्त्तिकमा मलेसियासँग पनि शुन्य लागतमा कामदार पठाउने गरि श्रम समझदारी भएको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स