आँचल शर्मा र पल शाहको विवाह !
काठमाडौं । चर्चित अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा विवाह बन्धनमा बाँधिएका छन्। आँप जोडीका नामले परिचित आँचल र पल वास्तविक जीवनमा नभइ एउटा म्युजिक भिडियोका लागि दुलहा र दुलहीको रूपमा देखिएका हुन्।
भर्खरै मात्र छायांकन भएको नयाँ म्युजिक भिडियोमा उनीहरूले विवाह बन्धनमा बाँधिएको दृष्यांकन गरिएको छ। उनीहरूले कुन गीतको म्युजिक भिडियो गर्न लागेका हुन् भन्ने बारे निर्माण पक्षलेले जानकारी दिएको छैन। तर,यो भिडियो चाँडै नै दर्शक माझ आउने बताइएको छ।
उनीहरूका धेरै फ्यानहरूले रिलमा मात्र नभएर रियलमा पनि यो जोडीको विवाह होस् भने धेरै आशा राखेका छन्। तर, उनीहरु एक अर्कामा असल साथी मात्र भएको दाबी गर्दै आइरहेका छन्।
चलचित्र नाईं नभन्नु ४ ले जुराएको यो जोडीको पछिल्लो समय एकसाथ अभिनय नगरेता पनि विभिन्न म्युजिक भिडियोमा भने देखिने गरेका छन्। यति बेला पल शाह स्टारर चलचित्र वीरविक्रम २ जेठ ३ गतेबाट रिलिज हुँदैछ, भने मह सञ्चारको प्रस्तुतिमा आँचल शर्मा अभिनित दालभात तरकारी यहि वैशाख २० गतेबाट देशभर प्रदर्शन हुँदैछ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


