विश्वकप क्रिकेट, पाकिस्तानको अप्रत्यासित जित
इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार ट्रेन्टब्रिज मैदानमा भएको खेलमा इङ्ल्यान्ड विरुद्ध पाकिस्तान १४ रनले विजयी भएको छ ।
इङ्ल्यान्डका कप्तान इओन मोर्गनले टस जिती पहिले क्षेत्ररक्षण रोजेका थिए । पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ३४८ रन बनाएको थियो ।जितका लागि ३४९ रनको ठूलो लक्ष्य लिएर मैदानमा उत्रेको इङ्ल्यान्डका लागि जो रुट र जस बटलर दुबैले व्यक्तिगत १०७ र १०३ रन बनाए पनि विजय लक्ष्य प्राप्त गर्न सकेनन् ।
इङ्ल्यान्डको टिममा तीव्र गतिका बलर मार्क उडलाई समावेश गरिएको थियो ।इङ्ल्यान्डले पहिलो उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको थियो भने पाकिस्तान वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो ।
इङ्ल्यान्डको टिममा जेसन रोय, जोन्नी बेयरस्ट, जो रुट, इओन मोर्गन कप्तान, जस बट्लर, बेन स्टोक, मोइन अली, क्रिस वोक्स, आदिल रसिद, जोफ्रा आर्चर र मार्क उड रहेका थिए भने पाकिस्तानी टिममा फखार जमान, इमाम–उल–हक, बाबर आजम, मोहम्मद हाफीज, सरफराज अहमद, शोएब मलिक, आसिफ अली, शादाब खान, हसन अली, वाहाब रियाज र मोहम्मद आमिर रहेका थिए ।मङ्गलबारको खेल अफगानिस्तान र श्रीलंकाबीच हुनेछ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


