Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

विप्लब समुहका चार कार्यकर्ता पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, असार, १०
विप्लब समुहका चार कार्यकर्ता पक्राउ

असार १०, रुकुमपश्चिम । नेत्रविक्रम चन्द नेतृत्वको समूहका चार नेता, कार्यकर्ता पक्राउ परेका छन् । सो समूहका राप्ती ब्युरो सदस्य गोर्खबहादुर कामीसहित चार जना नेता कार्यकर्ता गएराति पक्राउ परेका हुन् । 

त्रिवेणि गाउँपालिका–१ सिन्तुवाङबाट आठबीसकोटका कामीसहित दीर्घराज गहतराज, छविलाल घर्ती र युवा सङ्गठनका जिल्ला उपाध्यक्ष विवेक बिक पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

प्रहरी टोली पुग्दा उनीहरुले शङ्कास्पद गतिविधि सञ्चालन गरिरहेका र सोधपुछ गर्दा प्रहरी टोली माथि नै हातपात गरी अभद्र व्यवहार देखाएपछि पक्राउ गरिएको उहाँले बताउनुभयो ।

naima expoTop Changing Nepal

युट्युब सट्स