निखिलकोे एक्सन अवतार
आफ्नो समयका स्थापित हिरोहर अहिले धमाधम फिल्म निर्माण र निर्देशनमा लागेका छन् । निर्माता बनेका अभिनेताको संख्या धेरै छ । आफूलाई निर्देशक बनाएका हिरोको संख्या पनि कम छैन ।
Nikhil-Upreti
‘लेटेस्ट’ कुरा गर्ने हो भने एक्सन स्टार निखिल उप्रेती आफ्नो निर्देशनमा निर्माण गरेको भैरव फिल्मको रिलिजको चाँजोपाँजोमा व्यस्त छन् । ११ भदौमा रिलिज हुने निखिल निर्देशित भैरवको प्रोमो र गीतले अहिले बजार तताइरहेको छ । भैरवले निखिललाई निर्देशकका रुपमा समेत स्थापित गराउने छनक देखिएको छ ।
अभिनेताबाट निर्माता हुँदै पछिल्लो समय आफूलाई निर्देशकका रुपमा समेत उभ्याइसकेका छन्– निखिल उप्रेतीले । उनले निर्देशन गरेको भैरवमा उनी आफैं शीर्ष भूमिकामा छन् । अब निरन्तर फिल्म निर्देशन गर्ने योजनामा रहेका उनमा आफ्नो डेब्यु फिल्म भैरवको रिजल्टको पर्खाइमा छन् ।
अभिनेता निखिल उप्रेती अहिले आफ्नो पुरानो क्रेजलाई फर्काउनलाई चलचित्रमा निखिल एक्सन अवतारमा देखिएका छन् ।
‘रिजल्ट पक्कै राम्रो आउँछ,’ निखिल भन्छन्, ‘म पूर्ण विश्वस्त छु ।’ भेरव रिलिजलगत्तै उनले अर्को फिल्म बजरंगीको निर्देशन गर्नेछन् । त्यसका लागि पनि तयारी भइसकेको उनी बताउँछन्
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


