Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

पूर्वाधार नहेरी बिषादी परिक्षण गरेको भन्दै मन्त्रीले मागे माफी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, असार, २३
पूर्वाधार नहेरी बिषादी परिक्षण गरेको भन्दै मन्त्रीले मागे माफी

असार २३, काठमाडौँ  | भारत तथा अन्य तेस्रो मुलुकबाट नेपालमा भित्रिने तरकारी तथा फलफूल परिक्षण  गर्ने  निर्यण बाट सरकार भारतको दबाबका कारण पछि हटेको भन्दै आलोचना भइरहेको छ | 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने फलफूल तथा तरकारीमा बिषादी परिक्षण गर्ने निर्णय गरेको भन्दै माफी मागेका छन्  | सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले सचिवहरुले आफुलाई  डुबाएको आरोप समेत लगाए | मन्त्री यादबले भने ” पूर्वाधार नभई निर्णय गर्नु मेरो गल्ति थियो | सचिवहरुले मलाई भन्दै भनेनन् |

 सबै जिम्मा म लिन्छु ” | प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबावमा निर्णय फिर्ता नलिएको उनको स्पष्टीकरण छ ।  ‘म जनतालाई विषादी खान दिने छैन । अहिलेलाई गल्ती भयो । माफी माग्छु । अब मलाई थप्पड हानेर तपाईंहरुलाई सन्तोष मिल्छ भने हान्नुस् ।’उनले भने |

naima expoTop Changing Nepal

युट्युब सट्स