रवि लामिछाने उच्च अदालतमा
जानकारी केन्द्र
२०७६, भाद्र, १७
भदौ १७, काठमाडौँ | सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले चितवन जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन दिएका छन् ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई२ ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको उक्त आदेश बेरीतको रहेको भन्दै बदरको माग लिएर लामिछाने र कँडेल उच्च अदालत पाटनको हेटौंडा इजलास पुगेका हुन् ।
लामिछाने र कँडेलले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी निवेदन दर्ता गराएका हुन् ।
उनीहरुको निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने उच्च अदालत हेटौंडा इजलासले जनाएको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


