यस्तो छ गोलभेडालाई ताजा राख्ने उपाय
सबैको भान्छाघरमा खानाको स्वाद बढाउने एउटा कमन तरकारी हो, गोलभेडा । यो गोलभेडाको स्वाद ताजा रहँदासम्म मात्रै मिठो हुन्छ । गोलभेडा पुरानो हुँदै गएपछि यसको स्वाद विग्रदै जान्छ ।
फ्रिजमा पनि तीन चार दिनसम्म मात्र यसको स्वादलाई मिलाएर राख्न सकिन्छ । तर चिन्ता मान्नु पर्दैन, अब गोलभेडालाई ३० दिनसम्म ताजा राख्न सकिन्छ । भारतको हैदरावादस्थित आईआाईटीको बैज्ञानिकले गोलभेडालाई ३० दिनसम्म ताजा राख्ने नविनतम प्रविधि बिकास गरेका छन् । दुई जना बैज्ञानिकले बैक्टैरिया सेल्यूलोज भन्ने प्रविधि विकास गरेका हुन् ।
डाँक्टर मुद्रिका खंडेलवालको नेतृत्वमा दुई जना बैज्ञानिकको टोलीले यो प्रविधि विकास गर्न सफल भएका छन् । यो प्रविधि प्रयोग गरी ३० दिनसम्म गोलभेडाको आकार, प्रकार, रंग र गुणस्तर नबिगारी राख्न सकिन्छ ।
यस्तो छ, प्रविधि :
बैक्टैरिया सेल्यूलोजमा चुस्ने क्षमता अत्याधिक हुन्छ । यो क्रिस्टलाइन प्रकृतिको हुन्छ । यो वैक्टैरिया सेल प्लाण्ट सेलभन्दा भिन्न हुन्छ । सबैभन्दा पहिले बैक्टैरियामा सोडियम हाइड्रोक्साइडद्वारा यसलाई छुट्याइन्छ । यसपछि सिल्वर नाइट्रेटको सलुसनमा राखेर यसलाई सोडियम बोरो हाइड्राइडमा राखिन्छ । सिल्वर नाइट्रेट, सिल्वर नैनो पार्टीकल्समा परिवर्तन भएर बैक्टैरियल सेलुलोजको कणभित्र प्रवेश गर्छ ।
कसरी काम गर्छ ?
यो प्रविधिको सहयोगले सामान्य तापक्रममा पनि गोलभेडालाई ३० दिनसम्म ताजा बनाएर राख्न सकिन्छ । बैक्टैरियल सेल्यूलोज एण्टी माइक्रोवियल गतिविधीका साथसाथ ग्यास र तापक्रमको आदान प्रदानलाई सही मापणमा राख्छ । यसले गर्दा गोलभेडाको गुणस्तर कायम राख्नुका साथै सडनबाट रोक्ने काम गर्छ ।
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


