Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

विप्लव समूहका उपत्यका इन्चार्ज पूर्पक्षका लागि जेल चलान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, आश्विन, १०
विप्लव समूहका उपत्यका इन्चार्ज पूर्पक्षका लागि जेल चलान

 काठमाडौँ | सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो इन्चार्ज तथा पूर्वराज्यमन्त्री हितमान भनिने नविन विश्वकर्मा पूर्पक्षका लागि जेल चलान भएका छन् |

जिल्ला अदालत ललितपुरले विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि नख्खु कारागार पठाइएको प्रहरीले जनाएको छ ।

विश्वकर्मा गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट गराएको आरोपमा पक्राउ परेका थिए । बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो ।

प्रहरीले विश्वकर्माविरुद्ध कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध, ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स