Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

ज्ञानेन्द्र शाही  आक्रमणमा  परे  पछी बिर अस्पतालमा यस्तो  अवस्थामा भेटिए 

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, आश्विन, ११
ज्ञानेन्द्र शाही  आक्रमणमा  परे  पछी बिर अस्पतालमा यस्तो  अवस्थामा भेटिए 

काठमाडौँ  | ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीलाई निर्घात कुटपिट गरिएको छ । भरतपुरस्थित चौविसकोठीमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा गर्ने तय भएको थियो ।  कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बेला सत्तारुढ दल नेकपाका युवाहरुको समूह कार्यक्रम स्थल पुगेर ‘ज्ञानेन्द्र शाही मुर्दावाद, राजवादीलाई बहिष्कार गरौं’ भन्दै नारा लगाएका थिए । त्यस क्रममा प्रहरी आइपुगेर नाराबाजी रोकेको थियो ।

सम्भावित झडपको स्थिति देखेपछि प्रहरीले  ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा नगर्न भनेपछि अभियानका अगुवाहरु पनि पछि हटेका थिए । कार्यक्रम गर्न नपाएपछि अभियान्ता शाहीको टोली गाडी मार्फत काठमाडौँ फर्कन लाग्दा चौविसकोठीको होटल ग्लोबलमा युवाहरुको समूहले आक्रमण गरेको थियो ।

शाहीलाई लक्षित गरी युवाहरुले अन्दाधुन्ध हातमा ढुंगा, इट्टा तथा रडले हानेका थिए । घटना भएपछि पुगेको प्रहरीले नेकपा आवद्ध एक जनालाई मात्र पक्राउ गर्न सक्यो । अरु युवाहरु भने भाग्न सफल भएका थिए ।

घटनापछि घाइते भएका शाहीलाई अस्पताल लागि शरीरको सिटी स्क्यान गराउदा गहिरो चोट लागेको नदेखिएको अस्पतालले जनाएको छ । उनलाई थप उपचारको लागि काठमाडौँ  ल्याइएको छ ।

हेर्नुहोस भिडियोमा ज्ञानेन्द्र शाही  आक्रमणमा  परे  पछी बिर अस्पतालमा यस्तो  अवस्थामा भेटिए

https://www.youtube.com/watch?v=2xJvkj8Vw1M

 

naima expoTop Changing Nepal

युट्युब सट्स