विद्याको चुनावी प्रचारमा प्रचण्डकी बुहारी
काठमाडौं, २२ कात्तिक । आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेकपाकोतर्फबाट उम्मेदवार रहेकी विद्या भट्टराईले आफ्नो चुनावी प्रचारलाई तिव्रता दिएकी छिन् । उनले पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीबाट अभियान शुरु गरेकी छिन् । स्व रवीन्द्र अधिकारीको जन्म घर जहाँ रवीन्द्रले जीवनको बाल्यकालसँगै राजनीतिक जीवनको यात्रा शुरुआत गरेका थिए ।
विद्याको चुनावी प्रचारको अग्रपँक्तिमा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी बुहारी सिर्जना त्रिपाठी देखिएकी छिन् । उनी प्रचण्डका दिवंगत पुत्र प्रकाशकी जेठी श्रीमती हुन् । तर, प्रकाशले सिर्जना हुँदाहुँदै बिना मगरसँग प्रेम विवाह गरेका थिए । सिर्जना अहिले काँस्कीमै राजनीतिमा सक्रिय छिन् । उनले विद्याको चुनावी प्रचारमा आफूलाई सक्रिय राखेकी छिन् । सामाजिक सञ्जाल फेशबुकमा समेत उनले विद्यासँगको घरदैलो कार्यक्रमका तस्विरहरु सार्वजनिक गरिरहेकी छिन् ।
हिजोमात्रै नेकपाका अध्यक्ष दाहाल काँस्की पुगेका थिए । उनले विद्यालाई जितको अग्रिम शुभकामना समेत दिएका थिए । सोही कार्यक्रममा प्रचण्डकी बुहारी सिर्जनापनि सँगै देखिएको फोटोमा प्रष्ट देखिन्छ ।त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेशाबाट राजिनामा दिएर निर्वाचनमा आएकी भट्टराईले उक्त स्थानका स्थानीयवासीसँग अन्तक्र्रिया र भेटघाट गरेर अभियान शुरु गरेकी हुन् । उक्त क्षेत्रबाट नेपाली काङ्ग्रेसले भने खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । उनी पाका नेता हुन् ।
तस्विर : सिर्जनाको फेशबुक पेजबाट
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


