Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

भारतीय राजदूत पुरीलाई होटलको गेटमा कस्ले गर्यो हमला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, पुष, १४
भारतीय राजदूत पुरीलाई होटलको गेटमा कस्ले गर्यो हमला

काठमाडौं, १४ पौष । ‘म जब गेटबाट छिर्दै थिए तब ममाथि हमला भयो,’ भारतीय राजदूत मञ्जिव सिंह पुरीले नक्शालस्थित होटल मेरियटमा भने । उनले हमलाकारीको खुलासा गर्दै गए ।

हमला गर्ने अरु कोही नभएर पत्रकार ऋषि धमला थिए । आफूलाई एक दर्जन संस्थाले बिदाईका लागि नक्शालको होटल मेरियटमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै पुरीले भने, ‘ममाथि ऋषि धमलाले हमला गरेका हुन् ।’ उनले धमला कहाँ छन् ? भनेर माइकबाटै बोले । तर, धमला कार्यक्रममा बीचैमा उठेर हिंडिसकेका थिए ।

‘धमला हमला गरेर गइहाल्छन्,’ पुरीले भने । पुरीले धमलाको भनाई उदृत गर्दै भने, ‘एम्बेसेडर आज कमाल भयो, गोरखापत्रले समेत तपाईंको बारेमा राम्रो लेख्यो ।’ पुरीले ठट्टा गर्दै भने, ‘मामला त ठिक छ ?’

राजदूत भई झण्डै तीन वर्ष नेपाल बसेपछि कार्यकाल सकिएर स्वदेश फर्कनु अघि पुरीले घुमाउरो पाराले आफू विवादमुक्त भएर जानलागेकोमा खुशी व्यक्त गरेका थिए । उनलाई आयोजकहरुले पनि विवादमुक्त राजदूतका रुपमा उल्लेख गरेका थिए

naima expoTop Changing Nepal

युट्युब सट्स