सरकार र उखु किसानबीच पाँचबुँदे सहमति
जानकारी केन्द्र
२०७६, पुष, १८
ललितपुर। केही दिनदेखि उखुको भुक्तानी नपाएको भन्दै राजधानी केन्द्रित आन्दोलन गरीरहेका उखु किसान र सरकारबीच पाँच बुँदे सहमति भएको छ ।
सम्झौतामा यही माघ सात गते भित्र उखु किसानले पाउनु पर्ने सम्पूर्ण भुक्तानी पाउने व्यबस्था मिलाउने, किसानलाई उखुको उत्पादकत्व बढाउन सरकारले सहयोग गर्ने लगायतका विषय समेटिएको छ । सहमति अनुसार किसानले आफ्नो काठमाडौं केन्द्ति विरोध कार्यक्रम स्थिगित गरेको छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट नेतृत्वको सरकारी टोली र उखु किसानबीच मन्त्रालयमा वार्ता भएको थियो । दुबै पक्षबीच यस अघि पुस २५ गतेभित्र दिन बाँकी ८० प्रतिशत रकम मुक्तानी दिने र माघ ७ गते भित्र पूर्ण रुपमा भुक्तानी दिने मौखिक सहमति भएको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


