कुवेत पुगेका ४२ जना नेपालीको मृत्यु
काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका ४२ जना नेपाली श्रमिकको एक वर्षमा मृत्यु भएको छ । रोजगारीका लागि सन् २०१९ मा कुवेतमा ४२ जना नेपालीको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
दूतावासका अनुसार त्यसमा हृदयघात भई मृत्यु हुने कामदारहरुको संख्या १५ रहेको छ । मृत्यु हुने ४२ जनामा ३१ जना पुरुष र ११ जना महिला कामदार रहेका छन् । मृतकमध्ये सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ५, कार्यस्थलको दुर्घटना तथा आगलागीमा परि ४ जना, झैझगडा र सांघातिक आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
मृत्युको कारण नखुलेका कामदारको संख्या ७ रहेको दूतावासले जनाएको छ । मृतकमध्ये ३ जनाले आत्महत्या गरेका हुन् । कुवेतमा विभिन्न उद्योग र घरेलु कामदारका रूपमा नेपालीहरू जाने गरेका छन् । झन्डै ७० हजार नेपाली कामदार रहेको कुवेतमा २५ हजार भन्दा बढी नेपाली महिला कामदार रहेको अनुमान छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


