Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

शव नउठेपछि शहर गन्हायो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, चैत्र, २२
शव नउठेपछि शहर गन्हायो

कोरोना भाइरसको संक्रमणले मृत्यु भएकाको शव नउठेपछि इक्वेडरको शहरको सडक नै गन्हाउन थालेको छ । त्यहाँको गुयाकिल शहरमा केही शवहरु केही दिनयता सडकको छेउ छाडिएका छन् ।

कफिनमा प्लाष्टिकले छोपेर राखिएको शव राख्ने ठाउँ नभएपछि सडकको छेउमा छाडिएको हो । अस्पतालको शव गृह देखि बाहिर सम्म ठाउँ नभएको र शव गाँड्ने स्थान पनि बन्द भएकाले सडकमै छाडिएको छ ।

इक्वेटरको गुयाकिलमा कति मानिस संक्रमणबाट मृत्यु भइसकेको छ भन्ने पनि स्पष्ट भएको छैन । त्यहाँ भाइरसको भयावह अवस्था देखिएको छ । मानिसहरुले शवको व्यवस्था गर्न बारम्बार नगरपालिकाका अधिकारीलाई भनेका छन् । तर, शवको छेउतिर पंखा राखेर छाडिएको छ । स्थानीयले गन्ध डरलाग्दो भइसकेको भनिरहेका छन् ।

इक्वेडरमा घर घरमा मानिस मरिरहेको खबर आएको छ । घरहरुबाट लास निकालिएको छ । तर, लास व्यवस्थापन गर्ने मानिस पनि भेटिएका छैनन् ।-Photo Source: CNN

naima expoTop Changing Nepal

युट्युब सट्स