कोरोना प्रभावित किसानलाई राहत कार्यक्रम, के- के छ प्याकेजमा
ललितपुर । साना देखि ठुला किसानलाई लक्षित गरी कृषि तथा पशुपंछी विकास मन्त्रालयले कोरोना भाईरसबाट पीडित किसानलाई राहत कार्यक्रमको लागि प्रस्ताव मन्त्री परिषदमा पठाएको छ ।
साना किसान लक्षित गरेर दुध बेच्ने किसानलाई एक महिना सम्म प्रतिलिटर दूधमा १० रुपैयाँ अनुदान दिने भएको छ । त्यस्तै ५०० भन्दा कम ब्रोईलर कुखुरा पाल्ने कृषकलाई अर्को पटकको कुखुरा पालनमा प्रति कुखुरा ६० रुपैयाँ अनुदान दिईने भएको छ । लेयर्स कुखुरा पालक कृषकलाई १२० रुपैयाँ अनुदान दिने भएको छ ।
तरकारी, फलफूल लगायत कृषि उत्पादन जन्य क्रियाकलाप गर्ने किसानको सन्दर्भमा उत्पादन लागतको मुल्यांकनको आधारमा राहत उपलब्ध हुने प्रस्तावमा समेटिएको छ ।
ठुलो संख्या कुखुरापालन गर्ने किसानलाई ऋणको सीमा बढाईने देखि ब्याजमा अनुदान दिने समेटिएको छ । राहत अनुदानको लागि मन्त्रालयले परिचालन गर्ने विशेष संयन्त्रको सिफारिसको आधारमा राहत उपलब्ध गराईने भएको छ ।
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


