नेपालमा आज थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि
जानकारी केन्द्र
२०७७, जेष्ठ, २४
काठमाडौं । नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २८६ जना पुरुष र ३७ जना महिलामा संक्रमण देखिएको हो । आज थपिएका ३२३ सहित नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
नेपालमा हालसम्म ३६५ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा ३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन् । प्रवक्ता डा. देवकोटाका अनुसार हालसम्म देशका ६८ जिल्लामा संक्रमण देखिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


