Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

काभ्रेमा गोली हानेर गुन्डा समूहद्वारा बुद्धचित्त लुटपाट, प्रहरीको भूमिका शंकास्पद

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, असार, १२
काभ्रेमा गोली हानेर गुन्डा समूहद्वारा बुद्धचित्त लुटपाट, प्रहरीको भूमिका शंकास्पद

काभ्रेको रोशी गाउँपालिका वडा नं. ५ मा बिहीबार राती गुन्डा समूहले गोली हानेर बुद्धचित्त माला लुटपाट भएको छ । लुटेरा समुहले गोली चलाउँदा मालाको संरक्षणका लागि बसेका चार जना घाइते भएका छन्। कोही पनि पक्राउ नपर्नुले घटनामा प्रहरी र रोशी गाउँपालिकाका अध्यक्षको भूमिका समेत शंकास्पद देखिएको छ ।

रोशी गाउँपालिका वडा नं. ५ का बीरबहादुर तामाङको बारीमा फलेको बुद्धचित्त माला लुट्न एक समुह हातहतियार सहित आएको थियो । उक्त समुहले गोली र हतियार चलाउँदा पाँच जना घाइते भएका हुन् ।

लुटेराको झडपमा परी बुद्धचित्त माला कुर्न बसेका तेमाल गाउँपालिका वडा नं. ६ माउरेका ३८ वर्षीय श्याम तामाङको टाउको र हातमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै सोहि गाउँपालिका वडा नं. ६ का ३० वर्षीय जितबहादुर तामाङ, २४ वर्षीय शेखर लामा र ४० वर्षीय जितबहादुर तामाङ घाइते भएका छन् । सोही घटनामा वडा नं. ५ का २२ वर्षीय वाङ्डुक लामा सम्पर्क विहिन भएका छन् ।

घटनाको बारेमा थाहा पाएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी नायव उपरिक्षक कुमारबिक्रम थापाको कमाण्डमा प्रहरी टोली घटनास्थल गएको थियो । प्रहरी जानुअघि नै लुटेरा समूह भने भागिसकेका थिए ।

लकडाउनको बेला ठूलो संख्यामा गुन्डा समूह अत्याधुनिक हतियारसहित गाउँमा गएर रुखमा रहेको बुद्धचित्त चोरेर भाग्दा समेत पक्राउ नपर्नुले प्रहरीमाथि शंका बढ्नु स्वभावि भएको एक स्थानीय बताउँछन् ।

घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने बेपत्ताको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । लुटेरा समुहले माला कुर्न बसेकाहरूको १६ थान मोबाइल पनि लुटेर लगेको स्थानीयले जानकारी दिए ।

हरेक वर्ष सो ठाउँमा यसरी नै बुद्धचित्तको माला लुटपाट हुने गरेको छ । जसअनुसार बुद्धचित्त माला टिप्ने बेला प्रहरीले सतर्कता बढाउनुपर्नेमा चासो नदिनुले प्रहरीको मिलमताको आशंका गरिएको छ । काभ्रेका एसपी रवि पौडेलको उठबस गुन्डा समूहसँग हुने गरेको छ । रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाको पनि भूमिका शंकास्पद देखिएको एक स्थानीय बताउँछन् ।-दृष्टिबाट

naima expoTop Changing Nepal

युट्युब सट्स