Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

देशभर वर्षाः यी नदीका तटीय क्षेत्रमा खतरा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, श्रावण, १५
देशभर वर्षाः यी नदीका तटीय क्षेत्रमा खतरा

काठमाडौं, १५ साउन । आज देशभर वर्षा भइरहेको छ । देशभर भइरहेको मध्यम तथा भारी वर्षाका कारण नदीहरुको बहाव बढ्ने बाढी सुचनाले जनाएको छ ।

आज राप्ती नदीमा बहाव बढेने र सतर्कता आसपास हुने जनाइएको छ । बागमती, पश्चिम राप्ती, बबई, तिनाउका केहि साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी सूचनाले जानकारी दिएको छ । भोलि र पर्सी प्रमूख नदीमा बहाव केहि घट्नेछ ।

यसैगरी पछिल्लो केही घण्टामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्साको भारतीय सीमा आसपास र कैलाली कञ्चनपुरमा मध्यम बर्षा भईरहेकोले खतरा बढ्ने जनाइएको छ । तटिय क्षेत्र र डुबान भईरहने होचा स्थानमा सतर्क रहन भनिएको छ ।-Photo Source: MFD

naima expoTop Changing Nepal

युट्युब सट्स