कुलमानलाई निरन्तरता दिने मन्त्री पुनको प्रस्ताव
काठमाडौं, १५ भदौ । यही भदौ २९ गतेदेखि कार्यकाल सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई निरन्तरता दिनेगरि उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले अन्तिम तयारी गरेका छन् । उनले घिसिङलाई उक्त पदमा निरन्तरता दिनेगरि प्रस्ताव तयार पारिसकेका छन् ।
घिसिङको पक्षमा जनमाहोल देखेपछि सरकार उनलाई निरन्तरता दिने पक्षमा पुगेको हो । स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओली अहिलेपनि घिसिङलाई निरन्तरता दिनेबारे सकारात्मक देखिएका छैनन् । तर, मन्त्री पुनले घिसिङलाई निरन्तरता दिनेगरि प्रस्ताव तयार पारेको र यस सम्बन्धमा प्रधानमन्त्री ओलीलाई पनि पूर्व जानकारी गराईसकेका छन् ।
मन्त्री पुनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि घिसिङलाई निरन्तरता दिनेबारे छलफल गरेका थिए । दाहाल त सुरुदेखि नै घिसिङलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् । माहोल पनि घिसिङकै पक्षमा देखिएकोले उनलाई निरन्तरता दिन विज्ञहरुले पनि आवाज उठाईरहेका छन् । घिसिङ लोडसेडिङ अन्त्य गरेको जस एक्लै लिन खोजेको र सरकारलाई जस नदिएको भन्दै प्रधानमन्त्री ओली उनीसँग असन्तुष्ट छन् । file photo
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


