Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कक्षा १२ को परीक्षा दशैँ अगावै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, भाद्र, १८
कक्षा १२ को परीक्षा दशैँ अगावै

काठमाडौँ, कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो । बोर्डका कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैँअघि नै हुने जानकारी दिनुभयो । विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका छन् ।
पुरानै मोडलमा असम्भव

बोर्डलाई स्थगित परीक्षाको निकास कसरी निकाल्न सकिन्छ भन्ने हिसाबमा विभिन्न सुझाव दिइएको छ । पुरानै मोडलमा देशभर एकै पटक विद्यार्थी कक्षाकोठामा बसेर परीक्षा लिन सक्ने अवस्था नरहेकाले परीक्षाको विभिन्न विकल्पका बारेमा छलफल भइरहे पनि कुन मोडेलबाट परीक्षा लिने भन्ने कुराको भने निर्णय हुन सकेको छैन ।

नयाँ विकल्प

बोर्डले विद्यार्थीको शैक्षिक सत्र सदुपयोग गर्ने गरी कुनै विधि अपनाएर परीक्षा सञ्चालन गरिनु पर्ने विषयमा छलफल चलाइरहेको छ ।
कक्षा १२ को परीक्षाले एक तहको शैक्षिक तह पूरा नै गर्ने र यसले अन्तर्राष्ट्रिय तहको मान्यता पनि पाउने भएकोले परीक्षा लिएर बाहेक अन्य विधिबाट काम गर्न सकिने अवस्था नरहेको परीक्षा नियन्त्रक शर्माले बताउनुभयो ।

यस क्रममा ५० अङ्कको लिखित तथा ५० को अन्य विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न सकिने, विद्यार्थी सङ्ख्या कम भएको ठाउँमा सामाजिक दूरी कायम राख्दै परीक्षा सञ्चालन र अनलाइन विधिबाट भए पनि परीक्षा लिन सकिने लगायतका विकल्प खुला गर्ने सम्भावना रहेको जनाइएको छ ।

वैधतामा प्रश्न उठ्न नदिऔँ

शिक्षाविद् प्रा।डा। वासुदेव काफ्ले कक्षा १२ का विद्यार्थीलाई परीक्षा तथा खुल्ला परीक्षा पद्धति गरी दुवै विधिको प्रयोग गरेर निकास निकाल्नुपर्ने बताउनुहुन्छ । विद्यार्थीलाई नजिकको विद्यालय या आफ्नै विद्यालयमा बोलाएर सामाजिक दूरी कायम गरी परीक्षा गर्न सकिने विकल्प सोच्नुपर्ने बताउँदै उहाँले परीक्षाको वैधतामा प्रश्नचिह्न उठन थालेकोले यसमा विचार गर्नुपर्ने बताउनुभयो ।
सरोकारवालाले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण नभएको स्थानीय तहमा कक्षा १२ को परीक्षा गर्न सुझाव दिएका छन् । यस खालको सुझाव स्थानीय तहबाट पनि आएको जनाइएको छ । परीक्षा नियन्त्रक शर्माले यसलाई पनि छलफलको विषयमा बनाइएको बताउनुभयो । यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स