मन्त्रिमण्डल पूनर्गठनको तयारीमा नेकपा, क–कसको नाम चर्चामा ?
काठमाडौं, १० असोज । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिवेला मन्त्रिमण्डल पूनर्गठनको तयारीमा जुटेको छ । हालै बसेको सचिवालय बैठकले नै मन्त्रिमण्डल पूनर्गठनबारे छलफल अघि बढाएको हो । मन्त्रिमण्डल पूनर्गठनको मापदण्ड कस्तो बनाउने भन्नेबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आन्तरिक छलफल तथा परामर्श भैरहेको छ ।
सचिवालयका अधिकांश सदस्यहरुले ठूलो मात्रामा पूनर्गठन गर्नुपर्ने धारणा राखेका छन् भने केहीले भने राम्रो काम गर्ने मन्त्रीहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री ओलीले अहिलेका सबै मन्त्रीहरुलाई विदाई गर्ने र पूनर्गठन गर्दा अहिले हटाइएकाहरुमध्येबाट केहीलाई निरन्तरता दिने पनि मनशाय बनाएका छन् । मन्त्रिमण्डल पूनर्गठन गर्दा ठूलो संख्यामा गर्नुपर्ने र राम्रो सन्देश प्रवाह गर्नुपर्ने पक्षमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपालको सुझाव छ ।
पूनर्गठन गर्दा नयाँ मन्त्री बन्नेमा उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतम, प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ, महासचिव तथा प्रतिनिधिसभा सदस्य विष्णु पौडेल, स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल, स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य पम्फा भुषाल, स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेको नाम चर्चामा छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


