पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि
काठमाडौं, २३ कार्तिक । रिपोर्टर्स क्लब नेपालका सभापति, प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष,एवम् रिपोर्टर्स नेपाल डटकमका सञ्चालक तथा प्रधानसम्पादक ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । हिजो गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट आज पोजेटिभ आएको हो । पत्रकार धमलाका अनुसार उनमा कोरोनाको कुनै लक्षण थिएन । कन्ट्याक ट्रेसिङमा परेको कारणले आफूले हिजो स्वाब परीक्षण गराएको धमलाले जनाए । र, आज रिपोर्ट पोजेटिभ आएको हो । उनी होम–आईसोलेशनमा बसेका छन् । उनले यो बीचमा आफूसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई समेत आवश्यक सतर्कता अपनाउनको लागि आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेशबुकमाफृत धमलाले आफूलाई संक्रमण भएको जानकारी गराएका हुन् । उनले लेखेका छन्,‘आदरणीय सबैमा नमस्कार । कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला । म आजैबाट होम–आईसोलेशनमा बसेको छु । यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु । धन्यवाद ।’
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


