Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

यति धेरै कलाकारको साथमा चिज कुमार श्रेष्ठ को देश प्रेम गित सार्वजनिक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, पुष, २८
यति धेरै कलाकारको साथमा चिज कुमार श्रेष्ठ को देश प्रेम गित सार्वजनिक

काठमाडौं ।। संभवत अहीले सम्मकै धेरै चर्चीत कलाकारहरुको अभीनय रहेको “त्यही सच्चा नेपाली ” बोलको नया राष्ट्रिय  गितको म्युजिक भिडियो  म्युजिक नेपाल युटुव च्यानल मार्फत  सार्वजनिक भएको छ ।
उक्त गित समाज सेवी ब्यवसायी तथा चलचित्र ‘यात्रा’ का निर्माता चिज कुमार श्रेष्ठको निर्णाण तथा  रोशन केसि को निर्देशन रहेको छ भने  बिक्रम स्वारको कोरीयोग्राफी रहेको उक्त गित देवीका बन्दना  तथा राजन इशानको स्वर तथा आनन्द अधीकारीको शब्द एवम रामशरण उप्रेतीजीको छायाकंन रहेको  छ ।
अत्यन्त मिठो राष्टिय गित ३ चरणको सुटीड्गमा  संस्कृतविद  सत्यमोहन जोशीको अन्तीम छाँयाकन पछी समाप्त भएको बताइएको छ । देश प्रेमले ओतप्रोत उक्त गितमा चर्चित कलाकारहरु निर शाह, गौरी मल्ल , करीश्मा मानन्धर,अनु शाह,छुल्टीम, रजनी केशी,दिलीप रायमाझी,आकाश श्रेष्ठ,धिरेन शाक्य
निर्मल शर्मा,राजाराम पौडेल,उषा खड्गी,प्रशान्त ताम्राकार
नम्रता सापकोटा,शिवशंकर जोगीन्दर लगायत अरु धेरै कलाकारहरुको अभीनय रहेको छ ।
यस्तो छ गित

naima expoTop Changing Nepal

युट्युब सट्स