निर्वाचन आयोगद्वारा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै अवस्थामा दर्ताको निर्णय
काठमाडौं, २५ फागुन । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ताको प्रकाशन भएको सूचना राजपत्रबाट खारेज गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसला बमोजिम नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरण भई बनेको नेकपा दल दर्ताको प्रकाशन भएको सूचना राजपत्रबाट खारेज गर्ने निर्णय गरेको हो । आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रलाई अलग राजनीतिक दल रहेको व्यहोरा जानकारी समेत गराउने निर्णय गरेको छ । निर्णय बमोजिम नेकपा एमाले र माओवादी केन्द्र आयोगमा पुरानै दर्ताको अवस्था कायम हुनेछ । सर्वोच्चको फैसलामा टेकेर आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेकपा एकीकरण गर्ने भएमा नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थिति हुन जानकारी गराउने निर्णय गरेको छ । यसैगरी, गोपाल किराँतीलाई माओवादी केन्द्र र सन्ध्या तिवारीलाई नेकपा एमाले नाम र चिन्ह १५ दिनभित्र सुधारसहित आयोग समक्ष पेश गर्न पत्र पठाउने निर्णय समेत गरेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


