नेपालले माल्दिभ्सलाई ५–० ले हरायो- जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, श्रावण, २५
बङ्गलादेशमा जारी सोह्र वर्षमुनि (यु–१६) उमेर समूहकोे तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ५–० ले हराउँदै विजयी सुरुआत गरेको छ।
सिल्हेटको मैदानमा आज भएको खेलमा नेपाललाई जित दिलाउन प्रेजेन तामाङ र सुमन अर्यालले दुई-दुई तथा लक्ष्मण परियारले एक गोल गरे । नेपालका लक्ष्मण परियारले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए । त्यसपछि १८ औँ मिनेटमा प्रेजेनले गोल थपेर अग्रता दोब्बर बनाए । एक्काइसौैँ मिनेटमा सुमनले गोल गरेपछि नेपालले मध्यान्तरअघि नै ३–० को अग्रता लियो। दोस्रो हाफको ५० औँ मिनेटमा पुनः प्रेजेनले तथा खेल सकिने अतिरिक्त समयमा सुमनले हेडमार्फत सुन्दर गोल थपेपछि माल्दिभ्स खेलमा फर्कन सकेन र नेपालले फराकिलो जित निकाल्यो ।
नागरिक बाट
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


