अनमोलको ‘ए मेरो हजुर ४’ र ‘सम्हालिन्छ कहिले मन’ एकैसाथ रिलिज हुँदै
काठमाडौं: कोरोना महामारीको कारण राम्रोसँग खुल्न नसकेको नेपाली चलचित्र उद्योग अझैपनि पुरानो लयमा फर्कन सकेको छैन् । फिल्म निर्माताहरु नयाँ फिल्म पदर्शन गर्न डराइरेका छन् । ०७८ सालको हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा दुई नेपाली फिल्महरु टक्कर हुने भएको छ । सुनिल कुमार थापा निर्माता तथा झरना थापाको निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर ४’ को प्रदर्शन तीजको अवसरमा भाद्र १८ गते हुने घोषणा यस अघि नै भएको थियो । फिल्ममा नायक अनमोल केसी र नायिका सुहाना थापाको सशक्क्त अभिनय रहेको छ । भाद्रमा नै अर्को फिल्म ‘सम्हालिन्छ कहिले मन’ पनि प्रदर्शन हुने भएको छ । भर्खरै मात्र विदेशमा छायांकन सकेर आएको निर्माण पक्षले भदौको १८ गते फिल्म प्रदर्शन गर्ने घोषणा गरेको हो । सुदर्शन थापाको निर्देशन तथा सनिष खकुरेल कार्यकारी निर्माता बनेको यो फिल्ममा पुजा शर्मा, आकाश श्रेष्ठको लिड रोल रहेको छ ।
फिल्ममा पुराना कलाकारहरु गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यले पनि अभिनय गरेका छन् । फिल्मको अमित बस्नेत निर्माता र सह–निर्मातामा परी राना तथा अजित कुमार थापा रहेका छन् ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

