०७८ सालमा सार्वजनिक बिदा, कुन दिन के को बिदा ?
काठमाडौं । सरकारले आगामी बर्ष अर्थात ०७८ सालमा सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशन गरेको छ । सरकारले अघिल्लो तीन बर्षदेखि कटौती गरेका केही पर्वको विदा यस पटकबाट फेरि दिने भएको छ ।
जस अनुसार, तीन बर्ष अघि प्रधानमन्त्री ओली हुँदा कटौतीमा परेका चार वटा चाडपर्व बिदा पुन कायम भएको राजपत्रमा प्रकाशन भएको छ । योसँगै ०७८ सालमा शनिवार बाहेकका सार्वजनिक बिदा २३ दिन हुने भएको छ ।
०७८ सालको बैशाखदेखि चैत मसान्तसम्ममा जम्मा २३ दिन सार्वजनिक बिदा दिने सरकारको तयारी छ । बैशाखमा नयाँ बर्ष, भदौ ६ गते रक्षाबन्धन, असोज २१ गते घटस्थापना, कार्तिक २४ गते छठ पर्व, माघ १ गते माघे संक्रान्ति र फागुन पूर्णिमाका दिन १७ गते सार्वजनिक बिदा दिइने भएको छ ।
यस बर्ष बडादशैँ पर्व असोज २१ गते बिहीबार घटस्थापना गरेर शुरु हुने भएको छ । असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ ।
कार्तिक कृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि शुरु हुनेछ । दशैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।
यता गृह मन्त्रालयले भने ०७८ सालका केही पर्वहरुमा तीन बर्ष अघि कटौती गरिएको बिदा फेरि कायम गरेसँगै ४ दिन बिदा थपिने भएको हो । जसअनुसार जनैपूर्णिमा, दसैँको घटना स्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो ।
जस अनुसार ६ भदौ जनैपूर्णिमा, २१ असोजको घटनास्थापना र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ । त्यस्तै, तिहार भाइटीकाको भोलिपल्ट २१ कात्तिकमा पनि राष्ट्रिय बिदा हुनेछ ।
अन्य विदा भने कायमै राखिएको छ । जस अनुसार,०७८ सालमा ५२ वटा शनिवारसमेत जोड्दा ७५ दिन सार्वजनिक बिदा हुनेछ । यस्तै सम्बन्धित धर्म, संष्कृति भौगोलिक क्षेत्र र स्थान विशेषका आधारमा विदा हुनेछ ।
महिला कर्मचारीहरुका लागि मात्र, शिक्षण संस्था मात्र, काठमाडौं उपत्याकामा मात्र गाइजात्रा, इन्द्रजात्रा, भोटो देखाउने जात्रा र घोडा जात्राको अवसरमा बिदा हुनेछ । यस्तै ५ दिन विभिन्न पर्व तथा दिवस विदा दिइनेछ ।
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


