फेसबुकबाट प्रयोगकर्ताको निजी जानकारी लिक, लिक भएको डाटामा इमेल र फोन नम्बर सहित सम्पूर्ण जानकारी रहेको
फेसबुक चलाउने करिब ५० करोड भन्दा धेरै प्रयोगकर्ताको निजी जानकारी लिक भएको छ ।फेसबुकबाट लिक भएको डाटामा इमेल र फोन नम्बर सहित सम्पूर्ण जानकारी रहेको छ । एक रिपोर्टमा उक्त लिकको बारेमा बताइएको छ । त्यस्तै डाटा लिकको बारेमा दिग्गज सामाजिक सञ्जाल कम्पनी फेसबुकले उक्त रिपोर्ट पुरानै भएको प्रतिक्रिया दिएको छ । तर मिडिया रिपोर्ट र साइबर विशेषज्ञको अनुसार, ५० करोड भन्दा धेरै प्रयोगकर्ताको निजी जानकारी ह्याकरसँग छ ।
सन् २०१९ मा लिक भएको उक्त डाटामा इमेल एड्रेस, मोबाइल नम्बर र बैंक अकाउन्ट जस्तो सम्पूर्ण जानकारी रहेको छ ।हडसन रक साइबर क्राइम इन्टेलिजेन्स फर्मको प्रमुख प्रविधि अधिकारी, एलोन गैलले शनिवार एक ट्वीट गर्दै ५३ करोड ३० लाख जना प्रयोगकर्ताको निजी जानकारी लिक भएको जानकारी दिएका छन् । बिजनेस इनसाइडरको एक रिपोर्ट अनुसार, लिक भएको डाटामा फोन नम्बर सहित केही जानकारी वर्तमान समयको रहेको बताएको छ । गैलले भने, “यसको मतलब यदि तपाई फेसबुकको प्रयोग गर्दै हुनुहुन्छ भने, तपाईँले फेसबुक अकाउन्टको लागि प्रयोग गर्दै आएको फोन नम्बर लिक भएको छ ।”
कम्पनीमाथि प्रश्न बढ्दै गएपछि फेसबुकले यसलाई पुरानो रिपोर्ट रहेको बताएको छ । एलोन गैलले प्रयोगकर्ताको डाटा लिकको बारेमा फेसबुकको आलोचना गरेका थिए साथै उनले यसलाई फेसबुकको लापरबाहीको संज्ञा दिएका छन् ।साइबरक्राइम विशेषज्ञ र प्रयोगकर्ताले जब फेसबुकबाट डाटा लिक भएको विषयमा कम्पनीको आलोचना गरे तब कम्पनीले पुरानै खबरमा आधारित रहेर रिपोर्ट तयार गरिएको बताएको छ । फेसबुकका प्रवक्ताले सन् २०१९ अगस्ट महिनामा जानकारी लिक भएको र पछि कम्पनीले त्यसलाई ठिक गरेको बताएका छन् ।
फेसबुकबाट लिक भएको डाटा जब बेच्ने प्रयास गरियो तब गैलले ट्वीट गरेका थिए । उनले भने, “करिब ३.२ करोड अमेरिकी प्रयोगकर्ताको जानकारी ह्याक भएको छ र यसमा डाटा अकाउन्ट, इमेल एड्रेस, रिलेशनशिप स्ट्याटस, फोन नम्बर, पुरा नाम र जन्म मिति सहित थुप्रै जानकारी छ ।” फेसबुकको डाटा लिक भएको यो पहिलो मामिला होइन, यस भन्दा पहिला पनि डाटा लिकको बारेमा कम्पनी थुप्रै पटक विवादले घेरिएको छ ।
सन् २०१६ मा एक बेलायती कन्सल्टिंग फर्म क्याम्ब्रिज एनालिटिकाको अनुसार, राजनीतिक विज्ञापनको लागि लाखौं फेसबुक प्रयोगकर्ताको निजी जानकारी लिक गरेको थियो र यसको विवाद निकै ठुलो थियो ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


