लोकप्रिय अभिनेता विवेकको निधन
तमिल फिल्मका लोकप्रिय अभिनेता विवेकको चेन्नईको उपचारको क्रममा चेन्नईको एक अस्पतालमा निधन भएको छ । अभिनेताको शुक्रबार बेलुकी साढे चारमा निधन भएको अस्पतालको तर्फबाट जारी गरिएको मेडिकल बुलेटिनमा उल्लेख छ ।
अभिनेतालाई शुक्रबार बिहान करिब ११ बजे छातीमा पीडा भएपछि बेहोसीको स्थितिमा अस्पतालको इमर्जेन्सी रुममा ल्याइएको थियो । बिग्रँदो स्थिति देखेर उनकी श्रीमती र छोरीले उनलाई अस्पताल पुर्याएका थिए ।
अस्पतालका उपाध्यक्ष डाक्टर राजू शिवसामीले यो अचानक आएको तीब्र कोरोनरी सिन्ड्रोमका साथै कार्डियोजेनिक शकका कारण भएको बताए । यसको कोरोना भ्याक्सिनसँग कुनै लेनादेना छैन । साथै रिपोर्टमार्फत् उनलाई कोरोनाको संक्रमणसमेत नभएको पुष्टि भएको छ ।
विवेकलाई पहिलो पटक यसरी अस्पताल ल्याइएको थियो । उनको रक्तचाप थोरै हाई थियो । अभिनेताको निधनले प्रशंसकबीच शोक व्यत्त गरेका छन् ।
को हुन् विवेक
५९ वर्षीय विवेकको जन्म दक्षिण तमिलनाडुको कोविलपट्टीमा भएको थियो । उनी अभिनेताका साथ साथै कमेडियन पनि थिए । वरिष्ठ निर्देशक बालाचन्दरसँग मिलेर सह निर्देशक र स्क्रिप्ट राइटरको रुपमा सन् १९८० मा विवेकले फिल्म यात्रा सुरु गरेका थिए ।
विवेकको प्रतिभा देखेर खुसी भएर बालाचन्दरले उनलाई एक तमिल फिल्म ‘मनादिल उरुदी वेन्डुम’ मा सन् १९८७ मा सानो भूमिका प्रदान गरेका थिए ।
विवेकलाई उनको परफेक्ट कमिक टाइमिङबाहेक तेज दिमागका लागि पनि चिनिन्थ्यो । उनी निकै सहज रुपमा कसैको पनि मिमिक्री गर्न सक्दथे । उ
नले रजनीकान्त, कमल हासन, उन्होंने रजनीकांत, कमल हासन, अजित, विजय, माधवन र विक्रम संग काम गरेका सगए । माधवनको फिल्म उनको लागि सबभन्दा ठुलो साबित भयो । फिल्ममा काम गदै गर्दा उनलाई सरकारले पद्मश्री अर्वाड प्रदान गरेको थियो ।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


