यी हुन् विद्यालय बन्द गर्न सिफारिस गरिएका जिल्ला
काठमाडौं । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण तीब्र बनेका १५ जिल्लाका १५ वटै शहरका विद्यालयहरु बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । उक्त सूचिमा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्ला छन् ।
शनिवार सिंहदरबारमा बसेको बैठकले कोरोना संक्रमण बढ्न नदिन वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले कोरोना संक्रमणको उच्च जोखिम देखिएका काठमाडौं उपत्यकाका तीन जिल्लकासहित १५ शहरका विद्यालय बन्द गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
संक्रमणको गति हेरेर पहिलो चरणमा १५ सहरको सिफारिस गरेको बैठकले संक्रमितको संख्याको आधारमा थप क्षेत्र बढाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले यस अगाडि नै १४ जिल्लालाई अति प्रभावित सूचिमा राखेर सन्तानलाई विद्यालय नपठाउन आग्रह गरेको थियो ।
केही विद्यालयले भौतिक कक्षा बन्द गरेर अनलाइन कक्षा सुरु गरे पनि निजी विद्यालयका सङ्गठन तत्काल विद्यालय बन्द गर्ने पक्षमा देखिएका छैनन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले विद्यालय बन्द नगरी बालबालिकाको ज्यान गए ज्यानमारा केस लाग्न सक्ने भनेर चेतावनी दिइसकेका छन् ।
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


