Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कृषिमा नयाँ कार्यक्रम सञ्चालन हुने’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, बैशाख, ८
कृषिमा नयाँ कार्यक्रम सञ्चालन हुने’

ललितपुर। कृषि तथा पशुपक्षी विकासमन्त्री पद्याकुमारी अर्यालले गत वर्ष सञ्चालन भएका तर प्रभावकारी बन्न नसकेका कृषि कार्यक्रमको निरन्तरता दिन नसकिने बताइएकी छिन् ।

आउँदो आर्थिक वर्ष २०७७/७८ मा कृषि बजेट, नीति तथा कार्यक्रमका सन्दर्भमा मन्त्रालयमा आयोजना गरिएको छलफल कार्यक्रममा उनले अनुत्पादक क्षेत्रमा लगानी भएका कृषि र पशुपालन क्षेत्रका कार्यक्रम निरन्तरता हुन नसक्ने तर फरक रुपमा नयाँ कार्यक्रम सञ्चालन हुने जानकारी दिइन् ।

छलफलमा सहभागी सांसदले प्राङ्गारिक मल उत्पादन र प्रयोगमा जोड, अनुदानका कार्यक्रममा विशेष ध्यान, गैरकिसानले लिने गरेका अनुदान रोक्नुपर्ने, विभिन्न समयमा आउने विपद्बाट हुने जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने एवं बजेट रकम स्थानीय तहबाट मात्र वितरणको व्यवस्था हुनुपर्ने, कृषि उत्पादनको बीमा कार्यक्रम प्रभावकारी हुनुपर्ने बताइन् ।

कार्यक्रममा सांसद खगराज अधिकारी, विद्या भट्टराई, सुजिता शाक्य, माया ज्ञवाली, शान्ति पाख्रिन, कोमल वली, थममाया थापा मगर, दलबहादुर रानाले सुझाव राखेका थिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स