Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

यी नेताले माधव नेपालको साथ छाड्न सक्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, जेष्ठ, २०
यी नेताले माधव नेपालको साथ छाड्न सक्ने

काठमाडौं, २० जेठ । नयाँ दल खोल्न ठिक्क परेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई निकट केही नेताहरुले रोक्दै आएका छन् । नेकपा एमाले फुट्न दिन नहुने र संघर्ष जारी राख्नुपर्ने पक्षका नेताहरुले सहमतिको प्रयास जारी राखेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका नाममा राजनीतिक अस्त्र फालेर अलमलाउने मात्र गरेको भन्दै नेपाल अलग भएर जानुपर्ने पक्षमा छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वउपप्रधानमन्त्री भीम रावलको पनि यस्तै धारणा रहेको छ ।

माधव नेपाल समूहका सुरेन्द्र पाण्डेका अलावा मध्यमार्गी बनेका गोकर्ण बिष्ट र योगेश भट्टराई भने कुनै हालतमा फुटाएर अर्को पार्टी गठन गर्न नहुने पक्षमा छन् । उनीहरु जे जस्तो सहमति निकाल्न सकिन्छ निकालेर अन्र्तसंघर्ष गर्दै जानुपर्ने अडान लिदै आएका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स