जारी निषेधाज्ञा आज मध्यराति सकिँदै, अब के होला ?
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज आइतबार मध्यराति सकिँदैछ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि सकिँनै लाग्दा नयाँ रणनीति तय गर्न आइतबार आज दिउँसो ३ बजे काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बैठक बस्दैछ ।
काठमाडौंमा वैशाख १६ बाट निषेधाज्ञा जारी छ । तर, पछिल्लो पटक पसल बार अनुसार सञ्चालनमा छन् भने सार्वजनिक र निजी सवारी साधन जोर बिजोर प्रणालीमा चलिरहेका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बैठकका निर्णय साँझ ५ बजेसम्ममा सार्वजनिक गरिने बताए ।
हाल २५ भन्दा बढी सिटका सार्वजनिक यातायात सञ्चालनमा छन् । खाद्य पसल बिहान ६ बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला गरिएको छ । यी पसल व्यवसाय सञ्चालनमा थप सहज बनाएर निषेधाज्ञा थप्ने तयारी रहेको उनले बताए । बैंक तथा वित्तीय संस्थासँगै कार्यालयहरु यसअघि नै सञ्चालनमा आइसकेका छन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


