टिका शर्मा ‘कोपिला’ र सूर्य खड्काको तीज गीत सार्बजनिक
काठमाडौँ : चर्चित गायिका टीका शर्मा ‘कोपिला’ ले जापानबाट आफ्नो पहिलो तीज गीत ‘माइतिकै हेला’ सार्वजनिक गरेकी छन् । गीतमा टिका शर्माको स्वर तथा शब्द र लोकप्रिय सर्जक सूर्य खड्काको सङ्गीत र थेगो रहेको छ । छायाँकन, सम्पादन र निर्देशन भने गोविन्द बिस्टले गरेको छन् ।
गीतमा माईतीबाट हेला भएकी चेलीको कथालाई देखाउन खोजिएको छ। टिका शर्मा कोपिला को मुख्य अभिनय रहेको भिडियोमा रुप शर्मा, मुना लम्साल, दर्सना गिरि, प्रतीमा आचार्य, आरती आचार्य र रमा सापकोटाले साथ दिएका छन्।
बाग्लुङमा जन्मिएर चितवनलाई उच्च शिक्षा र कर्मथलो बनाएकी उनी हालं रोजगारीका क्रममा योकोहामा जापानमा रहेकी छन् । सानै देखि स्कूल तथा एफ् एम् रेडियोमा गीत गाउने गरेकी उनले स्थानीय तथा रास्ट्रीय प्रतियोगिताहरुमा थुप्रै पुरस्कार तथा अवार्ड पुरस्कार समेत जितेकी छन् ।
परदेशमा रहे पनि आफ्नो देश र सँस्कृतिको मायाले झन् सताउने गरेकाले मौलिक गीत गाउन चाहना बढेको उनले बताइन् । यस गीतले ग्रामिण महिलाको समस्या उजागर गर्नुको अतिरिक्त जनचेतना जगाउन पनि महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा बिस्वस्त छु सङ्गीतकार सूर्य खड्काले भने । गीतलाई gms music & films च्यानलबाट सार्वजनिक गरिएको छ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


