कुकुरले सुँघेर पत्ता लगाउन थाल्यो कोरोना संक्रमित
काठमाडौँ : कोरोना संक्रमित व्यक्तिको पहिचान कुकुरबाट समेत गर्न सकिने भएको छ । बेलायतमा गरिएको एक अध्ययनले कोरोना भाइरस संक्रमणको पहिचान कुकुरले पनि गर्नसक्ने पुष्टि भएको हो । अध्ययनमा संलग्न विशेषज्ञहरुका अनुसार अध्ययनका क्रममा ९७ प्रतिशत सफलता प्राप्त भएको छ ।
युनिभर्सिटी अफ पेन्सिलभेनिया एण्ड कोलाबोरेटर्समा गत अप्रिलमा प्रकाशित जर्नलमा जनाइए अनुसार विशेष ट्रेनिङ प्राप्त ९ कुकुरहरुलाई यस अध्ययनमा सहभागी गराइएको थियो । जसमा ८ वटा लेब्राडोर रिट्रिभर र एउटा बेल्जियन मेलिनोइस प्रजातिका कुकुर थिए । ती कुकुरहरुले संक्रमित बिरामीको पिशाव सुँघेर पोजेटिभ या नेगेटिभ भन्ने छुट्याएका थिए । त्यसमा ९७ प्रतिशत नतिजा सही भएको समाचारमा जनाइएको छ ।
गत साता बेलायतको लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिन एण्ड कोलाबोरेटर्सले झण्डै एक वर्षदेखि गरिरहेको अध्ययनको रिपोर्ट प्रकाशित गरेको थियो । रिपोर्टका अनुसार ६ वटा तालिमप्राप्त स्निफर कुकुरले कोरोना संक्रमित व्यक्तिहरुको गन्ध सुँघेर नमूना पहिचान गरेको थियो । त्यसको सत्यता प्रतिशत ९७।२ पोजेटिभ र नेगेटिभ ९२ प्रतिशत रहेको थियो । -एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


