यस कारण पक्राउ परे अाँकाजी सेर्पा -जानकारी केन्द्र
सामाजिक सञ्जालमार्फत् साम्प्रदायिक सदभावमा खलल पु्र्याउने सन्देश पोस्ट गरेको अारोपमा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सोलुखुम्वु गोराखानी–१ का ६० वर्षीय आङकाजी शेर्पालाई महानगरीय अपराध महाशाखाले काठमाडौं बौद्धबाट बुधबार पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।
कैलाली टिकापुरमा भदौ ७ गते भएको घटनासम्बन्धी १३ रहस्य भनि सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी सुरक्षा निकायहरुबीच फाटो ल्याउने तथा बिभित्र जातजाती, सम्प्रदायबीच सुमधुर सम्बन्धमा खलल पार्ने, बर्गीय, जातीय र क्षेत्रीयरुपमा घृणा, द्वेश, अपहेलना र सामाजिक सद्भाव बिथोल्ने नियत राखी अनर्गल, निराधार र अप्रमाणिक तथ्यहरुलाई सम्प्रेषण गरी समाजमा नकारात्मक प्रभाव पार्ने कार्यमा शेर्पा संलग्न रहेको महाशाखाले जनाएको छ ।
शेर्पालाई बिद्युतीय कारोवार ऐन अन्तर्गत मुद्दामा आबश्यक कारवाहीको लागि बिहिबार महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।
शेर्पा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य हुन
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


