Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

विराटनगरमा नेपालकै ठुलो रथ यात्रा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, भाद्र, १९
विराटनगरमा नेपालकै ठुलो रथ यात्रा

विराटनगर-१ स्थित राधाकृष्ण मन्दिरबाट कृष्ण जन्मअष्टमीको भोलिपल्ट निकालिने रथयात्राले नगर परिक्रमा गर्दै छ । झाँकीसहितको रथयात्रामा मुख्य चौक परिक्रमा गरी साँझ राधाकृष्ण मन्दिरमा पुगेर समापन हुनेछ ।
समारोह अाज हुँदैछ। वि.स. १९८८ मा खटयात्राबाट सुरु रथयात्रा ०२४ सालदेखी रथयात्रामा परिणत गरिएको हो । ८ जनाले थालेको खटयात्रा अहिले रथ यात्रामा परिणत हुँदा प्रत्येक वर्ष ४ लाख बढी भक्तजन सहभागी हुने गरेका छन हरेक बर्ष आयोजना गरिने यस रथयात्रामा नेपालबाट मात्रै नभएर भारत र अन्य मुलुकबाट पनि भक्तजन आउने गरेकाछन । यस पटकको रथयात्रा ४८ औं रथयात्रा हो । १८ फिट उचाईको राधाकृष्ण रथसँगै हजारौ भक्तजनले करिब आठ किलोमिटर सहरी इलाका पैदल यात्रा हिँड्छन् । रथको डोरी तान्दा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ

naima expoTop Changing Nepal

युट्युब सट्स