Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

अफगान राष्ट्रपति घानी शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि तयार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, श्रावण, ३१
अफगान राष्ट्रपति घानी शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि तयार

३१ साउन,  काठमाडौँ : अफगानिस्तानका राष्ट्रपति असरफ घानीले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न तयार भएका छन्।तालिवान समूहले राजधानी काबुलमा समेत नियन्त्रण जमाउन थालेपछि राष्ट्रपति घानी सत्ता हस्तान्तरणका लागि तयार भएका हुन्।

तालिवानी लडाकु राजधानी काबुल सहरभित्र पस्न थालेका छन्। तालिवान प्रतिनिधिसँगको भेटपछि घानी तालिवानीलाई सत्ता सुम्पन राजी भएका हुन्। अन्तरिम गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले काबुलमा हमला नहुने बताउँदै सरकारी पक्ष सहजै सत्ता हस्तान्तरण गर्ने मुडमा देखिएको संकेत गरेका छन्।

अमेरिका नेतृत्वको नेटो सेनाले अफगानिस्तान छाडेलगत्तै तालिवानल‍े केही दिनयता नियन्त्रण बढाउँदै लगेको थियो।

naima expoTop Changing Nepal

युट्युब सट्स