महबाट वर्षमा २० लाख आम्दानी
कोहलपुर नगरपालिका–६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जङ्गलको छेउमा आधार चाका दिन व्यस्त छन्। कोहलपुर नगरपालिका–६ निवासी राणा र उनका कान्छा छोरा घनश्याम १७५ घर मौरीलाई गाडीमा ल्याएर बढैयाताल गाउँपालिका, भोलागौडी गाउँको जङ्गल छेउमा दिनभर चराउन हुन्छ । मौरीहरुको आधार चाका हेरचाह गर्दै उहाँहरुको दिनचर्या बित्छ ।
मौरीलाई आधार चाका दिँदा वर्षमा रु एक लाखको दुई क्विन्टल दिने गरेको लीलबहादुरले बताए । त्यसैगरी वर्षमा चिनी रु दुई लाखको दिने गरिएको छ । गाडीमा राखी ठाउँठाउँमा चराउँदा ढुवानी खर्च वर्षमा रु पाँच लाखसमेत लागेको राणाले बताए ।
तराईको गर्मीमा हुने मेली फेरा नामक मौरी तराईको ४० डिग्री गर्मीमा समेत बाँच्न सक्छ । आजकाल प्रतिकेजी रु. ६०० मा बिक्री हुन्छ । कोहलपुर र नेपालगञ्जमा मह उत्पादन गरी बिक्री गर्नेमा सफल नाम राणाको परिवारको छ । नौजनाको परिवार मह बेचेर चलाएको राणाले बताए । त्यही मौरीले दिएको मह वर्षमा ४० क्विन्टल उत्पादन गरी रु. २० लाख आम्दानी हुने गरेको छ । उनीमौरीपालनमा लागेको १० वर्ष भयो । आफूहरुको मेहनत देखेर आफूहरुलाई नेपाल सरकारले गत वर्ष रु. १४ लाख अनुदान कृषि ज्ञान केन्द्र बाँकेमार्फत मौरीपालन गर्न दिएको राणाले बताए । यस वर्ष पनि रु. १० लाख अनुदान मौरी पकेट कार्यक्रम कोहलपुर नगरपालिकाले र कृषि ज्ञान केन्द्र बाँकेले दिएका छन् ।
विसं २०७१ मा जिआई जेटले जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य हुँदा आफूहरुलाई मह प्रशोधनका लागि घर निर्माण गर्न र यन्त्रका लागि रु. १० दश लाख अनुदान रकम दिएकाले साहस बढेको राणाले बताए । मौरी पकेट कार्यक्रम कृषि ज्ञान केन्द्र बाँकेले तीनवर्षे मौरी पकेट अनुदानसमेत दिएको छ ।
राणा सञ्जीवनी मौरी फार्मको सञ्चालकसमेत बनेका छन् । “गरे के हुँदैन, अहिले रुदिलो, सिसौको फूलहरु भएको ठाउँमा मौरी लिएर चराउँदै व्यस्त हुन्छौँ”, बाबुछोराले हाँस्दै भने, “विदेश किन जाने, विदेशभन्दा नेपालमै पनि पैसा कमाउन सकिन्छ । हामी त मौरीमा रमाउँछौँ । कात्तिकदेखि माघमा तोरीको फूलको रस खान्छन् मौरीले, माघफागुनदेखि वैशाखसम्म रुदिलो झारीको फूलको रस र सिसौको फूलको रस अनि वैशाखजेठसम्म जामुनको फूलको रस खान्छन् ।”
उनीहरु कहिले राजापुर कहिले ठाकुरद्वारा र कहिले बाँसगढी दुई महिना दुई महिनामा ठाउँ सर्छन। जेठदेखि असोजसम्म चिनी दिएर मौरी बचाउनुपर्छ । उनीहरु त्यस समयमा घरमा लगेर मौरी राखे । राणाले भने, “४० डिग्री तापक्रम सहन सक्ने क्षमता हुन्छ मेली फेरा मौरीको । मौरी रहेको धर्तीमा खेती राम्रो सप्रने उनले बताए ।
मौरी प्रकृतिमैत्री जीव हो जसले प्रकृतिको रक्षा गर्छ र अन्न उत्पादनमा सुधार हुन्छ । अहिले महको बजारीकरण सजिलो भएको र प्राङ्गारिक मह भनेर धेरैले घरैमा लिन आउने गरेको राणाले बताए । राणाले भने , “चितवन, दाङ र सुर्खेतदेखि मौरीपालन व्यवसायीहरु मौरी चराउन बर्दिया आउँछन् ।”
बर्दिया मेली फेरा मौरीका लागि अति उत्तम ठाउँ हो । अरू किसानलाई पनि सरकारले अनुदान दिएर सहयोग गरेमा मौरीपालनमा घाटा नहुने उनले बताए । तरकारी, अन्नपात जस्तै मह नकुहिने र बिक्री नभएमा तापक्रम मिलाएर राखेपछि अर्को वर्ष पनि बिक्री भइहाल्ने गरेकाले यस पेशामा लाग्न राणाले आग्रह गरे । उनले भने, “तर ल्याब टेष्ट नगरी मह बिक्री गर्न दिंदै । भारतको मह नेपाल आउँदा सरकारले जाँच गर्नुपर्छ ।”रासस
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


