‘कमेडी च्याम्पियन २’को उपाधि भरतमणिलाई
हाँस्य रियालिटी शो कमेडी च्याम्पियन सिजन २ को विजेता भरतमणि पौडेलले जितेका छन् । शनिबार राती सम्पन्न उक्त रियालिटीको अन्तिम विजेताको प्रतिस्पर्धीहरुमा भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापा रहेका थिए । अग्रवाल र थापालाई पछि पार्दै ताप्लेजुङका पौडेल कमेडि च्याम्पियन बनेका हुन् । उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।
भरतमणि शोमा बिभिन्न उत्कृष्ट प्रस्तुति दिँदै ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका थिए । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा र पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेपछि भरतमणिको लोकप्रियता बढेको थियो । उनको प्रस्तुतीले निकै तारिफसमेत पाएको थियो । विक्की र सन्तोषले प्रस्तुति र दर्शकको भोटिङले फाइनलसम्मको यात्रा गरेका हुन् । भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाबाट र विक्की सिक्किमबाट सहभागी भएका हुन् ।
यस्तै, सिक्किमका विक्की फस्ट रनर–अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका उनले ’टिभिएस अपाचे’ बाइक पाएका छन् । गोरखाका सन्तोष थापा भने तेस्रो स्थानमा चित्त बुझाए। उनले टिभिएस स्कुटर पुरस्कार पाएका छन्। पहिलो सिजनको कमेडी च्याम्पियन हिमेश पन्तले जितेका थिए ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


