वर्ल्डलिङ्कले ट्राफिक प्रहरीलाई दियो विद्युतीय स्कुटर
काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई इलेक्ट्रिक स्कुटर उपलब्ध गराएको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत उपहारस्वरूप इलेक्ट्रिक स्कुटर दिएको हो । बुधबार कम्पनीका कार्यकारी निर्देशक मनोज अग्रवालले ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराई उक्त स्कुटर हस्तान्तरण गरेका हुन् ।
यसबाट ट्राफिक प्रहरीको काममा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । ‘हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत नै ट्राफिक प्रहरीलाई इन्टरनेट सेवा समेत दिँदै आएका छौँ,’ उनले भने, ‘त्यसैअन्तर्गत कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामग्री समेत उपलब्ध गराएका थियौँ । ट्राफिक प्रहरीलाई यस अघिदेखि उपलब्ध गराउँदै आएको सहयोग आगामी दिनमा समेत जारी रहनेछ ।’
ट्राफिक प्रहरीले महिला तथा अपाङ्ग आरक्षण सिटको प्रयोग र भाडा चेक जाँचका लागि उक्त स्कुटर प्रयोगमा ल्याउनेछ ट्राफिक प्रहरीको आवश्यकतालाई मध्यनजर गर्दै वर्ल्डलिङ्कले यस किसिमको सहयोग उपलब्ध गराएको हो । ट्राफिक साइरन जडित यो जापानिज स्कुटर एक पटकको चार्जमा १०० किलोमिटरसम्म गुड्न सक्छ । ट्राफिक महिलालाई मोटरसाइकल चलाउन गाह्रो हुनेगरेको अवस्थामा यो विद्युतीय स्कुटरले सहज हुने अपेक्षा गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले वर्ल्डलिङ्कबाट प्राप्त विद्युतीय स्कुटर महिला प्रहरीले प्रयोग गर्ने बताए । ‘वर्ल्डलिङ्कले उपलब्ध गराएको फ्री वाई-ईले ट्राफिक सचेतना कक्षाका साथै सेवाग्राहीलाई महत्वपूर्ण सहयोग पुगेको छ,’ उनले भने ।
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु



