भारतीय लुटेरा समूहद्वारा बैंक लुट्ने प्रयास, तीन पक्राउ
जानकारी केन्द्र
२०७८, आश्विन, २५
काठमाडौँ, २५ असोज। मोरङको धनपालथान गाउँपालिका कर्सियामा भारतीय लुटेरा समूहले सिटिजन्स बैंक लुट्ने प्रयास गरेको छ । आज (सोमबार) सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए। सोहिक्रममा लुटेरा समूहले चलाएको गोली गार्डलाई लागेको जनाइएको छ । उपचारका लागि उनलाई अस्पताल पुर्याइएको छ।
गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङको टोली पुगेर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले पनि गोली चलाएको थियो । बैंक लुट्ने प्रयास भने असफल भएको जनाइएको छ। उक्त विषयमा थप अनुसन्धान भैरहेको जनाइएको छ ।-Symbolic Photo
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


