Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

एन्फा अध्यक्ष शेर्पा र अलमुताइरीबीच भेटवार्ता, प्रशिक्षक नेपाल फर्किनेमा सकारात्मक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, कार्तिक, ३
एन्फा अध्यक्ष शेर्पा र अलमुताइरीबीच भेटवार्ता, प्रशिक्षक नेपाल फर्किनेमा सकारात्मक

काठमाडौं, ३ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बीच भेटवार्ता भएको छ ।

आज (बुधबार) एन्फाका अध्यक्ष शेर्पा र प्रशिक्षक अलमुताइरी बीच कतारमा भेटवार्ता भएको हो । भेटवार्तामा प्रशिक्षक अलमुताइरी नेपाल आउन सकारात्मक देखिएको बताइएको छ । छलफल पश्चात अध्यक्ष शेर्पाले नेपाली राष्ट्रिय फुटबल टीमलाई थप मजबुत बनाउने सम्बन्धमा छलफल भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा दुई जनाको तस्बिर समेत सार्वजनिक गरेका छन् ।साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाली टोली स्वदेश फर्किए पनि अलमुताइरी माल्दिभ्सबाटै स्वदेश फर्किएका थिऐ ।
नेपाललाई साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल प्रवेश गराउन सफल उनी धेरै पटक विवादमा आएका थिए । अलमुताइरी सामाजिक सञ्जालमा आफुले राजिनामा दिने भन्दै पटकपटक लेख्दै आएका थिए ।

तर, साफ च्याम्पियनसिपमा नेपालले गरेको प्रदर्शन र अलमुताइरीको प्रयासलाई हेर्दा नेपाली फुटबल प्रेमीले पनि उनलाई नेपालमै देख्न चाहान्छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स