विमानको रङ प्रायः किन सेतो हुन्छ ? यस्ता छन् वैज्ञानिक कारण
एजेन्सी । तपाईले कहिल्यै सोच्नु भएको छ विमानको रङ प्रायःजसो सेतो किन हुन्छ ? यसको वैज्ञानिक र आर्थिक दुवै कारण छन् । पहिलो कारण त तातोबाट जोगिन हो । रनवे देखि उड्दासम्म अधिकतम समय विमान घाममा रहन्छ । यसमा सुर्यको इन्फ्रारेड किरण सिधै पर्छ । सेतो रङले सुर्यको किरणलाई रिफलेक्ट गरिदिन्छ । जसबाट विमान तातो हुँदैन र भित्र तापमान नियन्त्रित रहन्छ ।
अर्को कारण, विमानको बडी पार्ट सेतो रङको भए टाढैबाट सजिलै देख्न सकिन्छ । तर अन्य रङमा भने राम्रोसँग देख्न सकिदैन् ।
सेतो रङमा भिजिविलिटी अर्थात दु्श्यता अन्य रगको तुलनामा धेरै हुन्छ । यो रगलाई अन्धकारमा पनि सजिलै देख्न सकिन्छ । यसको साथै धेरै समय घाममा रहँदा अन्य रगहरु छिटै बिग्रने हुन्छ । जबकी सेतो रगमा लामो समयसम्म टिकीरहन्छ । यसले गर्दा पटक–पटक लाग्ने खर्च पनि बचाउँछ ।
२०११ को ह्युमन वाइल्डलाइफ इन्टरेक्शनमा प्रकाशित एक रिपोर्ट अनुसार सेतो रगबाट पक्षीहरु पनि टाढा भाग्छन् । अध्ययनबाट गहिरो र हल्का नीलो रगको विमानको रगबाट भन्दा सेतो रगको विमानमा चराहरुको घटना कम हुन्छन् । पक्षीले सेतो रगको विमानलाई सजिलै अन्दाज लगाउन सक्ने भएकोले आवश्यकता अनुसार आफ्नो दिशा परिवर्तन गर्न सक्छन् ।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


