‘चपली हाइट ३’ मा सुपुष्पाको आवाज किन राखिएन ?
चलचित्र ‘चपली हाइट ३’मा अभिनेत्री सुपुष्पा भट्ट बोल्ड भूमिकामा देखिएकी छन् । डान्स क्लबमा काम गर्ने युवतीको भूमिकामा देखिएकी सुपुष्पाको विकिनी दृश्य समेत चलचित्रमा समावेश छ । चलचित्रमा छोटो तर महत्वपूर्ण भूमिकामा काम गरेकी सुपुष्पाले आफूलाई फरक शैलीमा प्रस्तुत गरेकी छन् ।
चलचित्र ‘रणवीर’ र ‘छ माया छपक्कै’मा उनलाई हेरेका दर्शकले भने ‘चपली हाइट ३’ हेर्दा केही फरक महसुस गर्छन् । किनकि, चलचित्रमा दर्शकले उनलाई हेर्न मात्र पाउँछन्, उनको आवाज सुन्न पाउँदैनन् । सुपुष्पाको डबिङ अर्की अभिनेत्री रिस्ता बस्नेतले गरेकी छन् । रिस्ताको आवाज उनको चलचित्र हेरिरहेका दर्शकले सहजै ठम्याउँछन् । सुपुष्पाको भूमिका अनुसार उनको आवाज नमिल्ने भएपछि निर्माणपक्षले उनको विकल्प खोजेको बुझिएको छ ।
अर्जुन कुमारको निर्माणमा तयार भएको यो चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । सरकारले माघ १५ गतेसम्म सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेसँगै यो चलचित्रको रिलिज पनि स्थगित भएको छ । निर्माता अर्जुन कुमारले हल खुलेसँगै चलचित्र फेरि रिलिज हुने बताएका छन् ।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


