नयाँ वर्षमा नेपालमा पहिलो इलेक्ट्रिक क्रुजर बाइक आउने : खुल्यो प्रि–बुकिङ
काठमाडौं – भारतीयमा लन्च भई सकेको इलेक्ट्रिक बाइक कोमाकी रेन्जर नेपाली बजारमा पनि आउने भएको छ । युनिटी ट्रेडिङ कन्सर्नले उक्त बाइक भित्र्याउने बताएको छ । युनिटी ट्रेडिङ कन्सर्नले कोमाकीका इलेक्ट्रिक स्कुटर भित्र्याइसकेको छ ।
इलेक्ट्रिक बाइक कोमाकी रेन्जर लुक्स भने क्लासिक क्रुजर स्टाइलको रहेको बताइएको छ । डबल डिस्क ब्रेक, आईसी इन्जिनकै बाइकमा भए जत्तिकै पावर ब्याकअप र सुपेरियर सस्पेन्स लगयत का फिचर यो बाइक मा रहने बताइएको छ । सिंगल चार्जमा १८० किलोमिटर रेन्ज दिने सो बाइकको मूल्य ४ लाख ३५ हजार रुपैयाँ तोकिएको छ । यद्यपि यसमा विभिन्न छुटहरु समेत उपलब्ध हुनेछ ।


हाल यसको प्रि–बुकिङ खुलेको छ । युनिटी ट्रेडिङ कन्सर्नका म्यानेजर उमेश अधिकारीका अनुसार बुकिङ लिए पश्चात सो बाइक आगामी बैशाखको पहिलो साता देखि ग्राहकलाई डेलिभरी गरिने छ ।
कोमाकी रेन्जरको आकर्षक लुक, अमेजिङ ब्यालेन्स, स्मुथ राइड र एक्सट्रा अडिनरी फिचरका कारण यो अन्य भन्दा फरक भएको कम्पनीको भनाइ छ ।


कम्फर्टेबल सिटिङ, इन्क्लुसिभ ड्युअल स्टोरेज स्पेस, ड्युअल प्यासेन्जर फुटरेस्ट, एलईडी र थप विभिन्न हेडल्याम्प आदिले यो बाइकलाई आरामदायी बनाएको छ । त्यसैगरी यो बाइकमा रियर प्रोटेक्सन गार्ड, रियर टेलल्याम्प गार्ड र रियर ब्याक रेस्ट, फ्रन्ट बडी गार्ड, साइड स्ट्यान्ड सेन्सर, मोबाइल चार्जिङ युनिट, फ्लेम इफेक्ट सहितको ड्युअल साउन्ड पाइप, ट्रिपल हेडल्याम्प, साउन्ड सिस्टमसहितको ब्लुटुथ, गियर मोड, रिभर्स र क्रुज कन्ट्रोल आदि विभिन्न विशेषता यसमा पाउन सकिन्छ ।


यी वाहेक यो बाइकमा रिमोटबाटै लक गर्न सकिने सुविधा, डिस्क ब्रेक, सेल्फ डायग्नोसिस, टेलिस्कोपिक सकर, रिजेनेरेटिभ ब्रेकिङ, एन्टी थेफ्ट लक, अपराइड राइडिङ पोजिसन, प्यासेन्जर सिट, स्याडलब्याग्स, फोर्क माउन्टेड फेयरिङ र साइड स्ट्यान्ड सेन्सर जस्ता आकर्षक फिचर छन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


