Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

निर्वाचन सुरक्षा योजना लागू गर्न सबै जिल्लालाई गृहको परिपत्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, बैशाख, ७
निर्वाचन सुरक्षा योजना लागू गर्न सबै जिल्लालाई गृहको परिपत्र

७ बैशाख २०७९, काठमाडौं : स्थानीय तहको चुनाव नजिकिँदै गर्दा गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा योजना लागू गर्न परिपत्र गरेको छ। मन्त्रालयले मंगलबार सबै जिल्लामा ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ अनुसारको सुरक्षा योजना लागु गर्न निर्देशन दिएको हो।

मन्त्रालयले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ १० चैतमा सबै जिल्लामा पठाएको थियो । उक्त सुरक्षा नीति कार्यान्वयन गर्न गृहले पुनः पत्र पठाएको हो। गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार गृहले तयार पारेको चुनावी सुरक्षा योजना लागू गराउन सबै जिल्ला प्रशासनलाई अनुरोध गरिएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स