Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

भैरहवामा खुल्यो टाटा मोटर्सको नयाँ शोरुम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, जेष्ठ, २९
भैरहवामा खुल्यो टाटा मोटर्सको नयाँ शोरुम

जानकारी केन्द्र । नेपालमा टाटा मोटर्स गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले भैरहवाको पदसारीमा नयाँ शोरुम र सर्भिस सेन्टर संचालन गरेको छ ।

शुक्रबारदेखि संचालनमा आएको उक्त शोरुम र सर्भिस सेन्टरले रुपन्देही एवम् नजिकका ग्राहकवर्गमा सेवा सहज र सुलभ हुने कम्पनीले जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा उक्त कार शोरूममा टाटा मोटर्सका नयाँ बीएस ६ का सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा रहने उल्लेख छ ।

यसैगरी, कम्पनीले उक्त डिलरशिपका कर्मचारीहरु टाटा मोटर्सका विज्ञद्वारा तालिमप्राप्त रहेको जनाउँदै गुणस्तरीय ग्राहक सेवा प्रदान गरिने जानकारी दिएको छ ।

साथै, सिप्रदीको डिलर एम्रल्ड मोटर्सको यो शोरुम टाटा कम्पनीको डिलरशिप मापदण्ड अनुसार डिजाइन तथा निर्माण गरिएको छ । कम्पनीले यहाँ सिप्रदीका अन्य सेवासुविधा पनि दिइने बताएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स